बिचरा – कथा

खै कहा गएछ ढिलो भैसक्यो…….


घरको पछाडी लुकेको छु । आज मलाई मेरो वाल्यकालको सम्झना आइ रहेको छ । हो मलाई अझ पनी सम्झना छ कि म जन्मेको दिन धेरै जना खुसि भए थे होलान, मेरो आमालाई तेल लगाईदिए थे होलान । मलाई पनि तेल लगाईदिए होलान र न्यानो पारेर सफा ठाउमा पारिलो घाममा राखे होलान । मलाई अझ याद छ कि म सानो छदा ज्यादै चकचके थिए, जहिले पनि भागी भागी हिड्ने । खेल्न मलाई ज्यादै मनपर्ने मलाई आमाको दुधको पनि त्यति मतलव थिएन । म पुरुष भएर पनि होला मलाई समातेर खाना खुवाउथे मलाई समातेर खाना खुवाउंथे मलाई ज्यादै भोक लाग्यो भने म दौडेर आमाकोमा पुग्थे आमा पनि खुसि मनले दुध खुवाउनु हुन्थ्यो म पुन खेल्न कुदिहाल्थे ।

म खेल्दै कहिले तल्लो घरको त कहिले पल्लो घरकोमा जान्थे ।  वल्लो पल्लो घरका केटाकेटीहरु पनि म संग खेल्न खुव रुचाउंथे मलाई पनि उनिहरुसंग खेल्ने खुव मन लाग्थ्यो हामी वल्लो डांडा, पल्लो भिर, खोलो जहितहि पुग्थ्यो, म ढिलो घर फर्कदा घरमा सवैले गाली गर्थे म सवैको प्यारो र मायाको पात्र थिएं ।

एकदिन म भिर तिर गएको थिए आमासंग त्यहां गाई भैसिहरु चरिरहेको थिए । मलाई एक भैसिको पिठिउंमा चढ्न र उफ्रन मन लाग्यो र म त्यस भैसीकाे पिठिउँमा चडे म खुव उफ्रन थाले, म आफ्नै पारामा खेरिरहे को थिए । एक्कासी अर्को भैंसी आइपुग्यो सायद म जुन पिठीउंमा चढेको थिए सायद अर्काे भैसीको दुस्मती थियो थियाे हाेला उसले धावा बाेल्याे । उक्त भैसी आएको देखेर म चढेको भैसी जुरुक्क उठ्यो र भाग्यो म भैसीको जिउवाट तिन कान्ला मुनि पछारिन पुगे । म ज्यादै नराम्रो संग लड्न पुगे र उठ्न सकिन मेरो एक खुट्टा भांचियाे मलाई ज्यादै पिंडा भइरहेको थियो म रुन र कराउन लागे मेरी आमा कहाँ थिइन मैले पत्ता पाइन म निकै रोएको सुनेर मेरो घरमा थाहा भएछ र मेराे खाेजी भयाे । मलाई राम्रोसंग याद छ कि मलाई काखमा लिएर वैद्यकोमा लगियो मेरो उपचार गरियो धेरै उपचार पछि पनि म ज्यादै विरामी परे ।

मलाई निकै ज्वरोपनि आएको थियो म विरामी भएकोले घरमा सवै विन्तित भए म विरामी हुँदा सवै दुखित भए मलाइ पनि नरमाइलो लाग्यो मलाई ज्यादै माया गर्थे घर परिवारले म भगवानलार्य प्राथना गर्न लागे हे भगवान मलाई छिट्टै विसेक गराइदेउ, उनिहरु मलाई समय समयमा औषधी खुवाउने घाउहरुमा मलम लगाउने गर्थे भने समय समयमा खान साथै दुध खुवाउँथे मलाई सवैकाे माया र औषधी मुलोले ठिक हुँदै आएँ । म पर्ण रुपमा खुट्टा टेक्न सक्ने भएँ घरमा सवै खुशी भए समय वित्दै गयो । मेरी आमाले भाइ पाउनु भयो म ज्यादै खुशी भएर उफ्रेर नाँचे पनि किनकी म पनि त्यति ठुलो भइसकेको थिइन । मलाई खेल्ने साथी थपियो । म ज्यादै खुसि भए । घरको परिवार कतै बाहिर गए भने म पछि पछि लागेर जान्थे उनिहरुले मलाई गालि गर्थे म नहेरी उनिहरुको पछि पछि लाग्थे म जहा गए पनि बिगो मात्रै गर्थे अरुहरुले मलाई निकै गालि गरिरहन्थे म सोच्दथे मेरो घर परिवारले मलाई यति माया गर्छन म चंचले स्वभावको बच्चा हु मलाई सबैले माया गरोस तर कोहिले त मलाई पिटथे पनि म रुदै घर र्फकन्थे भाइको आगमन सगै मेरो माया पनि बाडियो भाइले मेरो माया जति खोसेर लियो ।मलाइ प्राय सबैले वास्ता गर्न छोडे खाना खान मलाइ समय समयमा दिइन्थ्यो तर पहिलाको जस्तो सुम्सुम्याउने कार्य भने दुलभ भयो । म सोच्न थाले म ठुलो भएर होला तर त्यति ठुलो पनि त भएको छैन किन यस्तो ब्यवहार आमाले पनि मलाई त्यति माया गर्नुहुन्न किन होला म सोच्न थाले ।

समयको चक्रपनि घुमिरहदो रहेछ दिन रात जाडो गर्मी हिउद बर्षा एक्लै एक्लै समय सगै म ठुलो हुदै गए साथै माया गर्ने साथै सुम्सुम्याउने् सधै खाना खुवाउने घर परिवार आज किन मलाइ वास्ता नै गर्देनन म बिचारमा डुब्न लागे म ठुलो भै सकेको थिए आज मेरो सेवा टहल गर्ने मान्छे आज किन कोही बोल्दैनन ? किन मलाइ माया गर्देनन ? म उनिहरु काम गरिरहेको ठाउमा पुगे उनिहरुको जिउमा टासिन पुगे उनिहरुले मलाइ जिउमा एक थप्पा हानेर जा उता कति सताउछ भने म अचम्ममा परे मेरो रुवाइमा  रुने र म मर्ला भनेर रात दिन मेरो सेवा टहल गर्न परिवार आज किन मलाई गाली गरिरहेको छ म ज्यादै सोचमा डुवे मैले के गल्ती गरेछु म मनमनै सोच्न थाले मैलेत केहिपनि विराम गरेको छैन म दुःखी मन लिएर फर्के । उनिहरु आफ्नै काममा व्यस्त थिए उनिहरु लाई फुर्सद पनि थिएन आफ्नै काममा व्यस्त थिए । म पुन त्यहाँ काम गरिरहेको ठाउँमा गए मलाई झन गाली दिइयो म रुदै आमा कोमा गय आमा भाइलाई दुध खुवाउँदै हुनुहुन्थ्यो आमा आज ज्यादै निरास मुद्रामा हुनुहुन्थ्यने म फेरि अचम्मा परे एकै छिनमा नजिक पुगे आमाले मेरो मुख पनि हेर्नु भएन टाउको अर्को तर्फफर्काउनु भयो म झन दुविधामा पुगे हैन आज यो घरमा के भएछ मलाई जन्म दिने दुध खुवाउने आमा मेरो मुख पनि नहेरी टाउको उता फर्काइन् मलाई ज्यादै नरमाइलो लाग्यो म आमासँगै गएर टाँसिए मैले आमाको टाउको नजिक आफ्नो टाउको लगेर दलीदिए आमाले मलाई एक पल्ट हेर्नु भयो आमाको आँखामा आँसु थियो म अचम्ममा परे र भने आमा तपाईलाइ के भयो आमा किन रुनु भएको आमा झन रुन पो लाग्नुभयो ।

आमाको रुवाइले मलाई पनि भक्कानो फुट्यो म पनि रुन लागे आमाले के्हि भन्नु भएन मलाई काखमा राख्नुभयो र सुमसुमाउन लाग्नुभयो भैले केहि वुझ्न सकिन मैले् आमालाई सोधे आमा के भएको छ आज घरमा ? तपाई रोएको किन कसैले वास्ता गर्दैन ? किन घर परिवारले देख्दैन ? किन आज मलाई कसैले् पनि वास्ता गर्दैन भन्नुस न आमा के भएको छ आज घरमा ? आमाले केहि बोल्न सक्नुभएन आमाले मलाई जा यहाँवाट भाग यो घरबाट भागीहाल भन्नु भयाे । म केहिपनि नसोचि त्यहाँबाट हिँडे म पल्लो घरमा पुगे त्यहाँ पनि मलाई वस्न मन लागेन भाई सँग सवै बच्चाहरु खेलिरहेको थियो म अलिपर आमाको वहिनीको घर पुगे सानी आमाले एउटा वहिनी पाउनु भएको थियो उहाँ घाममा बसिहरनु भएको थियो । मेरो घरमा खुव खैला वैला मच्चिएछ मेरो खोजी खुव भएछ म भने सानी आमाको घरमा सानी आमा सँग वसिरहको थिएँ । मैले सानिआमालाई सोधे आमा मेरेा घरमा आज के को खैला वैला हो- सानीआमाले मधुरो स्वरमा भनिन् वावु सवैले् आ-आफ्नो धर्म निभाउनु पर्छ हाम्रो पनि यहि हो तिम्रो घरमा आज पुजा छ तिमीलाई थाहा छैन ? तिम्रो घरमा आज एउटा छोरा जन्मिएको छ । तिमीलाई थाहा छैन ? हो त्यहि छोरा पाएको खुशिमा आज तिम्रो वलि दिइँदैछ । म एकाएक छाँगाबाट खसे म सानिमालाई सोधे कि यहि हो धर्म ? के 0हो धर्म ? कसैको छोरा जन्मियो भने कसैको छोरा मर्नुपर्ने ? सानिअामाले रूदै भन्नु भयाे  हो वावु आज तिमीलाई वलि दिइदैछ । तिमी भगवानको मन्दिरमा काटिन्छैा भगवान पनि खुसि होलान जाउ तिमी घर जाउ, म ज्यादै तर्सिए, कराएर भगवानलाई सोधे हे भगवान के तिम्राे आहार यहि हो ? कसैको जन्म हुँदा कसैको मृत्यू हुने यो कस्तो न्याय हो ? म रूदै थिए घरवाट मलाई खोन्न आएका रहेछन् म एउटा घरको पछाडी वसिरहेको छु म लुकिरहेको छु ।

खुव खैला वैला भयो म डराएर कराउन लागे मेरो मेरो कर्राई सुनेर डोरिले वाँधेर आमा नजिक पुर्‍याइयो आमा रोई रहेकी थिइन उनलाई अव भने एकिन छोरो काटिने भयो भन्ने डर लागेछ झन रुन थालिन म पनि रुन थाले हाम्रो रुवाइले कसैलाई कुनै पनि फरक परेन म संधै खेल्न जाने आमासंग वस्दै नवस्ने मलाइ अाज मेरी आमाको काखमा बस्न मन लाग्याे मलाइ अामा संग टाँसीयर रून मन लागेकाे थियाे तर मलाइ तानेर लगियाे । मलाइ सधै माया गर्ने सधै खुवाइरहने घरका परिवारलाई त मेरो वास्ता भएन मलाई काटेर मेरो मासु खान तयार छन् । यत्रो दिनसम्म मलाई खुवाइ मलाई मोटो बनाइ आज मलाई काटेर खान लागेका छन् । अाज उनिहरुको वच्चा जन्मिएकोमा मेरो प्राण लिएर के उनिहरुलाई भगवानले माफि दिनेछन् ? हे भगवान के तिमीले नै मेरो रगत खाने इच्छा भएकोले उनिहरुलाई छोरा वनाईदिएको हो ? के तिमीलाई मेरो रगत खान मन छ भने म लडेको वेलानै मारिदिएको भए भई हाल्थ्यो । मैले पुलुक्क मेरी अामालाइ हेरे मेरी आमा धेरै रूदै हुनुहुन्थ्याे म पनि रोइरहे मेरो रुवाई भगवानले पनि सुनेन भने अरुले के सुन्थे र । मलाई सुमसुम्याउँदै मेरी आमाले भनिन् वावु अव तेरो वेला भयो, मेरो त कामनै यहि हो आज तँ जान्छस भोलि तेरो भाई मेरो त यहाँ को छ र ? मेरो त कामनै यहि हो । तँ नरो, आमा आफैँ रुदै मलाई नरो भन्न लाग्नुभयो मलाई ज्यादै गारो भयो मैले सवै अन्धकार देखे हिजो तेल लगाउने मेरो सेवा गर्नेहरु त्यहि हातले मेरो मुटु कलेजो र मेरो मासु लुछेर गिद्ध जसरी खानेछन् । त्यहि हात हो जुन आज मेरो घाँटी रेट्नको लागी खुकुरी उदाई रहेको छ । त्यही हात जस्ले म लडेको वेला मलाई बोकेर लगी मलम दलेको थियो आज तातोपानी उमालीरहेको छ । हिजो मेरो पिडामा रुने आँखा आज खुसि देखिन्छ । मलाई के भयो भनि भन्ने मुख आज आगो फुकिरहेको छ । मैले के पाप गरेको थए र आज यो दिन देख्नु पर्याे ? ढुंगाका मुर्र्तिलाई के थाहा कि पिडा के हो ? दुःख के हो ? रोदन के हो ? अनि आमाको काखको विछोड । मेरी आमा त खाली मेसिन हुनुहुन्छ म जस्तोलाई जन्म दिने । उहाँ पनि विवस हुनुहुनन्छ सधै वन्धनमा बाँधिनु भएको छ मात्र रुवाई छ पिडा छ अरु केहि छैन । म चाहन्छु याे धर्तिमा मानवको विकास नै रोकियोस् म सराप दिन चाहन्छु । तर मेराे सराप कहिल्याै लाग्ने छैन । याे संन्सार यस्तै रहेछ तर म विवश छु । मेराे भाई पनि कुदेर आमा नजिक पुग्यो मैले भाइलाई एकपल्ट हेरे उसको चंचलता देखी मलाइ सारै माया लाग्यो ऊ पनि भोलि ……..।

मलाई अझ आमासँग टाँसिएर वस्न मन लागेकाे थियो, मलाई समातेर लिएर गए, मेराे घाँटी पुरै सुक्याे मलाइ मेरी आमाको दुध एक पटक खान ठूलो इच्छा लाग्याे मैले आमाको दुधमा मुख मात्र पुराउन लागेको थिएँ । आमाले पनि भाई जन्मेपछि मलाइ दुध खुवाउन छाड्नु भएकाे थियाे तर आज आमाले पनि एक पल्ट खाओस भनेर जिउ छोडिदिनु भयाे तर मैल मेरो मुख थुनमा पुर्‍याउन मात्र लागेको थिए उनिहरूले मलाइ तानेर लगे मैले अामाकाे एक थाेपा पनी दुध खान पाइन । मेरी आमा ज्यादै रुनु भयो । हे भगवान कमसेकम १ मिनेट त समय लम्वाई दिएको भए हुन्थ्योनि मैले मेरी आमाको एक र्सर्को दुध खान पाउँथे ? यि मानिस कति निष्ठुरी हुँदो रहेछन् ? मैले मेरी आमाको दुध खान कति प्रयास गरे तर सकिन आमाले पनि बन्धन चुडालेर भएपति दुध खुवाउन खोजिन तर सकिनन् ।

मलाई मार्न भनेर घर नजिक मन्दिर लिएर गए, त्यहाँ भगवानको मुर्ती थियो । भगवान पनि हाँसेर वसेको थियो कि कहिले मेरो रगत खान पाइएला भनेर जस्ताे भान हुन्थ्याे । म विवस भएर आमालाई सम्झेर रोईमात्रै रहे भाई पनि मेरो पछिपछि आईरहेको थियो उसलाई म बाट धपाइयायाे मलाई एकपल्ट भाईलाई छुन मन लागेको थियो भाईलाई घरको सदस्यले काखमा लिईरहेका थियो । भाई पनि मलाई हेर्दै कराउँदै भन्दै थियाे दाई तपाई छिट्टै आउनु ल हामी आमा सँगै बसौँला । मलाई मन्दिरमा पुर्‍याइयो त्यहाँ मलाई पुजा गरियो मेरो जिउमा पानी हालियो म चिसोले काम्न थाले तव मलाई मुख थुनियो मैले सवै पहिला देखी काे घटना सम्झे, मैले मेरी आमा र भाईको मुख हेर्न खोजे मलाइ ज्यादै पिडा भै रहेकाे थियाे । म छट्पटाउन थाले मेराे छट्पटाउने क्रममा मेरो टाउको आमा तिर फर्कियो मैले एकपल्ट आमालाई हेरे आमा टाउको भूइँमा लतारेर रोइरहनु भएको थियो उहाँ विवस हुनुहुन्थ्यो मेरो रुवाई सुनिरहनु भएको थियो । कसैले उहाँलाई म भन्ढा टाढा लगेपनि हुन्थ्यो म रोएको आवाज आमाले त सुन्नुहुने थिएन । म मनमनै रुन थाले अन्तमा मलाई देवताको नजिक पुर्‍याइयो र ……….।