My Projects: | Qualification 1 Qualification 2 | Training | Social | Social and Media | Translate Documents | Work Exp.|
MY BLOG
About Nagarkot.
Nagarkot, located 32 kilometers east of Kathmandu, is one of the most scenic spots in Bhaktapur district and is renowned for its spectacular sunrise view of the Himalaya when the weather is clear. Visitors often travel to Nagarkot from Kathmandu to spend the night so that they can be there for the breathtaking sunrise. Nagarkot has become famous as one of the best spots to view Mount Everest as well as other snow-topped peaks of the Himalayan range of eastern Nepal. It also offers an excellent view of the Indrawati river valley to the east. With an elevation of 2,195 meters, Nagarkot also offers a panoramic view of the Valley and is described by visitors as a place whose beauty endures year round.Nagarkot, located 32 kilometers east of Kathmandu, is one of the most scenic spots in Bhaktapur district and is renowned for its spectacular sunrise view of the Himalaya when the weather is clear. Visitors often travel to Nagarkot from Kathmandu to spend the night so that they can be there for the breathtaking sunrise. Nagarkot has become famous as one of the best spots to view Mount Everest as well as other snow-topped peaks of the Himalayan range of eastern Nepal. It also offers an excellent view of the Indrawati river valley to the east. With an elevation of 2,195 meters, Nagarkot also offers a panoramic view of the Valley and is described by visitors as a place whose beauty endures year round. More....
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
स्वास्थ्य सल्लाह ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी मानिन्छ । नेपालका अधिकांश जनताहरू कुनै न कुनै रोगका सिकार भएका हुन्छन् । प्रायःजसो भन्ने गर्दछन् कि नेपाली जन्मनुभन्दा अगाडिदेखि नै ग्यास्टिक रोग बोकेर हजन्मेका हुन्छन् । त्यति मात्र होइन नेपाली चिन्नका लागि ग्यास्टिक रोग छ ? भनेर प्रश्न् गर्दा छ भन्ने उत्तर आउँछ भने त्यो सच्चा नेपाली हो । के नेपाली र रोगहरूसँग किन यस्तो घनिष्ट सम्बन्ध छ त ? नेपाली किन यस्ता रोगहरूबाट पीडित छन् त ? यस्ता रोगहरूका कारणहरू के के हुन् ? यस्तो रोगहरूको उपचार सम्भव छ ? या यस्ता रोगहरूमा हामी के गर्न सक्छौं त ? यावत कुराहरू हामीसामु आइरहेको छ । हो नेपाली र रोगहरूको सम्बन्ध पहिलोमा पर्दछ । खानपित नेपालीहरू प्रायः जसो खानामा ध्यान दिँदैनन् । पौष्टिक खाना नेपालीहरूले खान जानेका छैनन् । खाना खाने समयमा कहिल्यै खाएका हुँदैनन् कि चाँडो कि ढिला । प्रायःजसो नेपाली काम गर्दैमा फुर्सद हुँदैन । खाना खाने समयभन्दा अगाडि वा काम सकेपछि खाने गर्दछन् । बिहान उठ्नुभन्दा पहिला ओछ्यानमा चिया आइपुग्छ । निद्रामै चिया खाने पनि धेरै छन् । चिया खाएपछि खाना खान मन लाग्दैन । त्यसैले कम खाना खाने, समयमा नखाने, केही भएर नखाने, कोही नभएर नखाने यस्ता यावत कारणहरूले गर्दा प्रायजसो नेपाली केही न केही रोगहरूबाट पीडित भएका हुन्छन् । यहाँ रोगहरूको बारेमा जानकारी दिन लागिएको छैन बरु त्यस्ता रोगहरू लागेकाहरूलाई विभिन्न घरेलु उपचार विधिहरूका बारे.मा जानकारी दिन लागिएको छ । रोग लाग्नबाट बच्न उचित खानपिन, समयमा खाना खाने, उचित व्यायाम गर्ने, योगका विभिन्न आसनहरू गर्ने आदि यी कुराहरू भन्नु बेकार छ । कसलाई फुर्सद छ र यस्तो गर्न कोही काम भएर फुर्सद छैन कोही काम नभएर फुर्सद छैन काम हुनेहरू कामको टेन्सन, अफिस पुग्न हतार, खाने फुर्सद नहुने कारण, ट्राफिक जामले समय खाइदिने आदि कारणले खाना खान पाउँदैनन् । कोही बिहानैदेखि तास, जुवा आदि खेल्ने जसले गर्दा खाना खाने समय गएको पत्तै नहुने यस्ता मानिस पनि यही समाजमा टन्न भेटिन्छन् । ज्याला मजदुर गर्नेहरू काम भएमा मिठो र राम्रो खाने नहुँदा खाना पनि नखाने जे पाउँछ त्यही खाने गर्दछन् यस्तो अवस्थामा ग्यास्टिक, कमजोरी, आँखाको रोग, मानसिक रोग आदि लाग्ने गर्दछ । हामी एक सयजना नेपालीमा परीक्षण गरौं कि तपाईंलाई शरीरमा कुनै खराबी छ कि ? भनेर ९५ प्रतिशतले खरावी भएको बताउने छन् यसको अर्थ के हो सोही व्यक्तिलाई सोधौं कि तपाईं समयमा खाना खानु हुन्छ ? त्यसको जवाफमा हामी खाँदैनौं भन्ने जवाफ पाउँछौं । यो चेक गर्ने जिम्मा तपाईंहरूको । अब लागौं कुन कुन रोगमा के के खाँदा शरीरलाई आराम हुन्छ । १. पेट फुलेमा ः पिप्ला, विरेनुन, सुठो, धनियाँ, मोथे, हर्रो बराबरी पारेर कुट्ने र कपडाले छान्ने जसलाई आधा आधा तोला गरेर तातो पानीसँग खाने गरेमा दिशा सफा गरी सुल गोला, पेट फुल्ने र साधारण ज्वरो समेत ठिक हुन्छ । २. अरुचिमा ः अमला, सिधेनुन, पिप्लाको बोक्रा, जगी हर्रो बराबर बनाएर कुटेर धुलो बनाउने र उक्त धुलोलाई आधा आधा चम्चा तातो पानीसँग बिहान बेलुका खाने गर्नु पर्दछ । जसले पेट सफा बनाई खाना खान मन लगाउँछ । ३. खोकी र दममा ः पिप्ला र त्रिफला बराबर लिएर कुट्ने र धुलो बनाउने जुन धुलोलाई महमा भिजाएर चाट्ने गरेमा खोकी, दम, रुघा तथा ज्वरो समेत ठिक हुन्छ । ४. दाँत किराले खाएमा ः एउटा सानो टुक्रा हिङ फराएर जुन दाँतमा किरा लागेको छ त्यही दाँतमा राखेर च्यापेमा दाँत दुख्न छोड्छ । ५. पखाला लागेमा ः ठूलो औषधि कुटेर दहीसँग खाने गरेमा पखाला लागेको रोकिन्छ अथवा आँपको कोयाको गुदीमा दही मिसाएर खाएमा पनि पखाला रोकिन्छ । ६. आउँ परेमा ः पाँच तोला मिजी र एक तोला सालधुप पिनेर चूर्ण बनाउने र तातो पानीसँग २÷४ मात्रा खाएमा आउँ परेको रोकिन्छ । ७. दमको रोगमा ः असुरो, हलेदो, धनियाँ, गुर्जो, भृङ्गिराज, पिपला र सुठो मिलाएर काडा बनाउने र उक्त काडालाई पिउनाुले दम रोग पूरै निकै हुन्छ । ८. हैजा लागेमा ः एक मासा अफिम, दस मासा जाइफल, चार मासा अलैंची, चार मासा ल्वाङ कुटेर धुलो बनाउने र उक्त मिश्रणलाई तातो पानीसँग खाएमा हैजा रोग निको हुन्छ । ९. गर्भिणीको वान्ता रोक्न ः मिश्री र धनियाँ कुटेर चौलानी पानीसँग खाएमा गर्भ भएको बेला महिलालाई लाग्ने वाकवाकी तथा बान्ता रोक्न मद्दत मिल्छ । १०. बच्चाहरूको पिसाब बन्द भएमा ः त्रिफला, मरिच, कुकमेल र सिधेनुन मसिनो पारेर पिध्ने उक्त धुलोलाई मिश्री र महसँग मिलाएर बच्चालाई चटाइदिने गरेमा पिसाब बन्द भएको खुल्छ । यो चटाउँदा बच्चाको उमेर हेरेर दिनु पर्दछ । ११. डन्डिफोर आएमा ः बाँझो, सस्र्यूं र सिधेनुन पिनेर लेदो बनाउने र डन्डिफोर आएको ठाउँमा लेप लगाइदिने जसले डन्डिफोर निको पारी अनुहारमा चमक ल्याउँछ । १२. आगोले पोलेमा ः घिउकुमारीको रस लगाउँदा पोलेको घाउ ठिक हुन्छ । आलु कुटेर लगाउँछा पनि सन्च हुन्छ । साथै बयर पोलेको खरानी तेलमा मिलाएर लगाए पनि पोलेको घाउ ठिक हुन्छ तर धेरे पोलेको र ठूलो घाउ भएको छ भने तुरुन्त डक्टरकोमा जानु पर्दछ । १३. जुका परेमा ः पाँच तोला निमको पात कुटेर रस निकाल्ने र आधा तोला विरेनुन मिलाएर पिनउने । यस्तो रस एक हप्तासम्म खानु पर्दछ जसले पेटको जुकाहरू मारिदिन्छ । १४. बच्चको पेट फुलेमा ः तुलसीको र खान दिएमा बच्चाहरूको पेट फुलेको निको हुन्छ । १५. अपच रोगमा ः अदुवाको रस महमा मिसाएर चाट्ने, खाना खानुभन्दा पहिला कागतीको रस एक चम्चा र सिधेनुन मिसाएर खानाले अपच रोग ठिक हुन्छ । १६. छाती दुखेमा ः दस ग्राम तुलसीको पातको रसमा २ सय ५० ग्राम पानी हालेर काढा पकाउने र एक चौथाई बाँकी भएपछि निकाल्ने र बिहान बेलुका २÷२ चम्चा खाने गरेमा छाती दुख्ने रोग ठिक हुन्छ । यसरी हामी घरेलु औषधि बनाएर खाने गरेमा विभिन्न रोगहरूमा फाइदा पुग्दछ तर याद राख्नुहोस् बिरामीको अवस्था यदि गम्भीर छ भने तुरुन्त नजिकको स्वास्थ्य केन्द्रहरूमा लैजानु पर्दछ । More...
 
 
 
 
 
 
 
 
अन्य जानकारीहरू
Free Software Download
Motherboards
 
  Website Design by Nepal One Hosting.com Home | About Me | Gallery | Blog | Videos | Contact